Khabar Out
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारबाट निको भएको बताइएको छ ।  लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने,...
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । 
पहिरोले धरानमा एक घरमा क्षति, १२ घर उच्च जोखिममा
पहिरोले धरानमा एक घरमा क्षति, १२ घर उच्च जोखिममा धरान (सुनसरी) । तीन दिनदेखिको अविरल वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । 'राति ठूलो आवाज...
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि...
विश्व बैंकको अनुदान प्राप्त सडकको स्तरोन्नतिमा ढिलाइ
विश्व बैंकको अनुदान प्राप्त सडकको स्तरोन्नतिमा ढिलाइ तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो ।  चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ...
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
जनशक्तिको अभावमा कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द
जनशक्तिको अभावमा कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् ।
कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ
कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन् । घटनाको दुई महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक
सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक इनरुवा (सुनसरी) । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।   सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक...
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध गुल्मी । 'अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र...
Weather Update