Khabar Out
आजदेखि मौसममा क्रमिक सुधार हुने
आजदेखि मौसममा क्रमिक सुधार हुने अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ...
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो ।
वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण
वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण सुदूरपश्चिममा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ती समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टलाई २४बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक तथा साझेदारी वनको व्यवस्थापन, वन पैदावार उपयोग र राजस्व बाँडफाँटसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारको...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ । निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको प्रहरी निरीक्षक...
अपराह्नपछि क्रमश : मौसममा सुधार हुने
अपराह्नपछि क्रमश : मौसममा सुधार हुने अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी...
सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी, अनुमानित लागत ४३ अर्ब
सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी, अनुमानित लागत ४३ अर्ब सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी...
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
जीर्ण कर्णाली करिडोरले सास्ती, तीन दिन लगाएर सुर्खेत पुग्नुपर्ने बाध्यता
जीर्ण कर्णाली करिडोरले सास्ती, तीन दिन लगाएर सुर्खेत पुग्नुपर्ने बाध्यता हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले कर्णाली करिडोरमा यात्रा गर्न कठिन भएको हो । सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको यात्रा तीन दिनमा पूरा गरेपछि सडकको अवस्थाप्रति आक्रोश व्यक्त गरेका छन् ।
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही मारमा परेका हुन् ।
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्र (एमओयु) बारे ट्रम्पको टिप्पणीले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गरेको बताएका छन् ।
चाडपर्वका कारण रगतको चरम अभाव : रक्तदान गर्न रेडक्रसको आह्वान
चाडपर्वका कारण रगतको चरम अभाव : रक्तदान गर्न रेडक्रसको आह्वान ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ । दसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदानका कार्यक्रमहरू कम भएको र अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गएकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो ।
Weather Update