दुर्गा भवानीको विशेष पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै
आइतबार, कात्तिक १, २०८३
विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी
शनिबार, असोज ३१, २०८३
पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।
असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट...
मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति
शनिबार, असोज ३१, २०८३
यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ ।
बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने भएको छ । सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ । त्यहाँ दुई जनाको...
चीनको अनुसन्धान तथा विकास खर्चमा निरन्तर वृद्धि
शुक्रबार, असोज ३०, २०८३
चीनको अनुसन्धान तथा विकास (आरएन्डडी) क्षेत्रमा हुने खर्च सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढेर ३.९३ ट्रिलियन युआन (करिब ५८४.५ अर्ब अमेरिकी डलर) पुगेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले शुक्रबार यस्तो जानकारी दिएको हो ।
आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द
शुक्रबार, असोज ३०, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उनले रद्द गरेका हुन् ।
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
शुक्रबार, असोज ३०, २०८३
अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए । उनका अनुसार अस्पताल...
कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता
बिहीबार, असोज २९, २०८३
कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिइन् ।
बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकप्टरबाट उद्धार
बिहीबार, असोज २९, २०८३
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो...
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
बिहीबार, असोज २९, २०८३
दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो ।
चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
बुधबार, असोज २८, २०८३
दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
बुधबार, असोज २८, २०८३
बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेसँगै विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने भएको हो । हालै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र...
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
मंगलबार, असोज २७, २०८३
रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान...
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै
मंगलबार, असोज २७, २०८३
नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ ।



