Khabar Out
खग्रास सूर्यग्रहणले सूर्य अध्ययनको अवसर
खग्रास सूर्यग्रहणले सूर्य अध्ययनको अवसर आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन् । चन्द्रमाले केही समयका लागि सूर्यलाई पूर्ण रूपमा ढाक्ने भएकाले सामान्य अवस्थामा देख्न कठिन हुने सूर्यको बाहिरी तहको प्रत्यक्ष अध्ययन गर्न सहज हुने...
तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो
तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ ।
बेनी–जोमसोम सडक रातिमा बन्द
बेनी–जोमसोम सडक रातिमा बन्द म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको...
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ ।
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले...
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी...
शिवालयमा दर्शनार्थीको घुइँचो
शिवालयमा दर्शनार्थीको घुइँचो चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ ।
झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो
झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जङ्गली...
सिमानाकाबाट हुने अवैध पेय पदार्थको ओसारपसारमा कडाइ
सिमानाकाबाट हुने अवैध पेय पदार्थको ओसारपसारमा कडाइ नेपाल–भारत सिमानाका काँकडभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेय पदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब रु छ लाख ६५ हजार बराबरका पेय पदार्थ शुक्रबार मेची भन्सार कार्यालय...
जनचेतनामूलक कार्यक्रम गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो
जनचेतनामूलक कार्यक्रम गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ । मन्त्रिपरिषद्को २०८१ साल असार तेस्रो साताको बैठकले गरेको निर्णयअनुसार २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को...
सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ
सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ । नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा...
Weather Update