पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु, रातिदेखि पूर्वतर्फ सर्दै आउने
मंगलबार, माघ १३, २०८२
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण
मंगलबार, माघ १३, २०८२
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे ।
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
मंगलबार, माघ १३, २०८२
शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो ।
मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
मंगलबार, माघ १३, २०८२
पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ ।
सोमबार रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गरेको यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ...
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
सोमबार, माघ १२, २०८२
सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रुपमा एचपिभी खोप लगाइने जानकारी दिए ।
“खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका...
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
सोमबार, माघ १२, २०८२
लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
वाणिज्य विभागद्धारा कार्टस इन्टरप्राइजेजलाई जरिवाना
सोमबार, माघ १२, २०८२
नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।
अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो ।
आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र
आइतबार, माघ ११, २०८२
बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।
राष्ट्रियसभा निर्वाचन : दुई सिटका लागि बागमती र गण्डकीमा ६ /६ जना प्रतिस्पर्धामा
आइतबार, माघ ११, २०८२
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार हुने मतदानमा बागमती प्रदेशमा दुई सदस्यका लागि ६ जना प्रतिस्पर्धामा छन् । आइतबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म मतदान हुँदै छ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ ।
निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि...
सुदूरपश्चिममा हिमपात : राजमार्ग र विद्युत् सेवा अवरुद्ध
शनिबार, माघ १०, २०८२
भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज...
हुम्लामा हिमपात, जनजीवन प्रभावित
शनिबार, माघ १०, २०८२
हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धेरै पानी वरपरे...
पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु
शुक्रबार, माघ ९, २०८२
पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए ।...
नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
शुक्रबार, माघ ९, २०८२
नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।



