Khabar Out
विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द
विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द नाइजेरिया । आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको शृङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसनले जनाएको छ । नाइजर...
पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’
पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’ पृथ्वी राजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि...
इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता
इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो।
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध बसको ठक्करबाट काभ्रेपलान्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडक छेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । 
अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा ७ बुँदे अनुरोध
अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा ७ बुँदे अनुरोध पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन ७ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो...
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक र भारतमा बस्दै आएकी एक नेपाली युवती छन् ।
बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार
बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार जिल्लाकाे बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए । बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको...
टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
लुम्बिनीमा ‘सेरामिकजन्य’ वस्तु उत्पादन कला प्रशिक्षण सुरु
लुम्बिनीमा ‘सेरामिकजन्य’ वस्तु उत्पादन कला प्रशिक्षण सुरु नेपाल हस्तकला महासङ्घले ‘सेरामिकजन्य’ वस्तु (माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा आजदेखि प्रशिक्षण सुरु गरिएको हो । 
९ प्रकारका औषधि उत्पादनको तयारी
९ प्रकारका औषधि उत्पादनको तयारी नेपाल औषधि लिमिटेडले ९ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । 
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ ।
Weather Update