Khabar Out
जलवायु परिवर्तनको असर: बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
जलवायु परिवर्तनको असर: बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै गर्मी र वर्षातकको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमितताले डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ ।जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका...
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा...
खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय
खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय सिरहा । जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको वर्षौँ बितिसक्दासमेत सिरहामा एउटा पनि सार्वजनिक शौचालय छैन । जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालयजस्ता मुख्य सरकारी अड्डा रहेको सदरमुकाममा...
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए ।
डेंगु नियन्त्रणका लागि पहल गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण
डेंगु नियन्त्रणका लागि पहल गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेंगु रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर डेंगु नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राख्दै यस विषयमा गम्भीर हुनुपर्ने बताएका हुन् ।
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन झापा।   मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।  कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९...
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।
गर्मीयाम र पानी परेसगै महोत्तरीमा सर्पदंशका घटनामा बृद्धि
गर्मीयाम र पानी परेसगै महोत्तरीमा सर्पदंशका घटनामा बृद्धि महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् । असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना...
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात...
डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै, गाउँभर खानेपानी समस्या
डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै, गाउँभर खानेपानी समस्या बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू...
संसद्‌मा आज : रास्वपा र राप्रपाको बहिष्कार, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइयो
संसद्‌मा आज : रास्वपा र राप्रपाको बहिष्कार, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइयो प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले...
विनयी खोलाको बाढीले बस बगायो, यात्रु सकुशल
विनयी खोलाको बाढीले बस बगायो, यात्रु सकुशल नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस गए राति (असार ५) बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख एवं प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस...
Weather Update