Khabar Out
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक र भारतमा बस्दै आएकी एक नेपाली युवती छन् । पक्राउ पर्नेमा भारतको हरियाणा, पानीपत घर भएका २८ वर्षीय दिलप्रित सिंह र नेपालको बर्दिया घर भई हाल भारतको चण्डीगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

प्रहरीका अनुसार, उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग गरी एनपीएलमा सहभागी खेलाडीहरूसँग सम्पर्क गर्थे । खेलाडीहरूलाई प्रायोजन गर्ने बहानामा नजिकिने र खेलको हारजितमा प्रभाव पार्ने गरी आर्थिक प्रलोभन देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update