विश्व बैङ्कको सहयोगमा सडक निर्माण
झापा । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैङ्कको आर्थिक सहयोगमा बिर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।
नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उनले जानकारी दिइन् ।
आरपी समता जेभीले २०८० साल वैशाख २६ गते सडक निर्माणको कार्यारम्भ गरेको थियो । तोकिएकै अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गरेको हो । सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले जानकारी दिइन् । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३ ०९:३०
प्रतिक्रिया दिनुहोस्







