मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसङ्घ
बुधबार, फागुन २०, २०८२
धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह
बुधबार, फागुन २०, २०८२
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे ।
साथै उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र...
सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
मंगलबार, फागुन १९, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । सोमबार साँझसम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेको हो।
निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री...
प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण
मंगलबार, फागुन १९, २०८२
सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले आज सीमा क्षेत्र...
तराईका जिल्लामा आज होली मनाइँदै
मंगलबार, फागुन १९, २०८२
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट,...
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
सोमबार, फागुन १८, २०८२
सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।
नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने...
एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम
सोमबार, फागुन १८, २०८२
विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ । अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्याउन...
फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
सोमबार, फागुन १८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको...
इरानको सर्वोच्च नेता खामेनीको हत्यापछि अन्तरिम नेतृत्वमा तीन नेता
आइतबार, फागुन १७, २०८२
इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ ।
सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषद्को गठन गरेको छ । यो अन्तरिम परिषद्ले इरानी कानूनको निरीक्षण र चुनावी उम्मेदवारहरूको...
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो ।
दाङमा निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
आइतबार, फागुन १७, २०८२
प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ । बजारमा चहलपहल बढेको छ, सवारी साधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको...
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
आइतबार, फागुन १७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।
यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा...
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
शनिबार, फागुन १६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए ।



