रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी
आइतबार, मंसिर ७, २०८२
विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द
शनिबार, मंसिर ६, २०८२
नाइजेरिया । आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको शृङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।
नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसनले जनाएको छ ।
नाइजर...
इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता
शुक्रबार, मंसिर ५, २०८२
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो।
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु
शुक्रबार, मंसिर ५, २०८२
शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।



