Khabar Out
दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडाैँ । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषि देखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लीले स्वास्थ्य क्षेत्रमा नियामक सहयोगलाई बढावा दिन समझदारी ज्ञापनपत्र जारी गरेका छन् । जसले दक्षिण अमेरिकामा पठाइएका के–ब्युटी स्किनकेयर उत्पादनहरूका लागि अवरोधहरू कम गर्ने जनाइएको छ । सम्झौता पछि के–ब्युटी उत्पादनहरू “ब्राजिलका उपभोक्ताहरूका लागि अझै बढी पहुँचयोग्य हुने लीले बताए।

दक्षिण कोरिया विश्वव्यापी सौन्दर्य प्रसोधन उद्योगमा प्रमुख उत्पादकको रूपमा देखा परेको छ, भने हरेक वर्ष अरबौं डलर मूल्यका स्किनकेयर उत्पादनहरू निर्यात गर्दै आएको जनाइएको छ ।

यसै गरी ब्राजिल संसारमा सौन्दर्य उत्पादनहरूका लागि सबै भन्दा ठुलो बजार हो । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लीले दुई देश बिचको वार्षिक व्यापार १० अर्ब डलर नाघेको उल्लेख गरेका छन् । 

ब्राजिल र दक्षिण कोरियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको पनि लीले बताए। लीले शिखर सम्मेलन अघि लुलाको उद्धारताको प्रशंसा गर्दै दुवै कठिन सुरुवातबाट शीर्ष सम्झौतामा पुगेको बताए।

लुलालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेलमा हालिएको थियो, तर न्यायाधीश पक्षपाती भएको फेला परे पछि रिहा गरियो ।लीको कार्यालयले लुला र उहाँकी श्रीमती रोसाङ्गेलाको जोडीलाई चित्रण गर्ने रङ्गीन केकले स्वागत गरेको जनाइएको छ।

ब्राजिल दक्षिण अमेरिकामा दक्षिण कोरियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update