Khabar Out
सुर्खेत जिल्ला प्रहरी कार्यालयले उठायाे नौ लाख ३९ हजार राजस्व

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए। रासस

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update