Khabar Out
वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौँ । बजार अनुगमनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।

 

 

यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update