Khabar Out
पाँचथर बार एशोसियसनलाई वरिष्ट अधिवक्ता लुइटेलद्धारा सहयोग हस्तान्तरण

पाँचथर । पाँचथर बार एशोसियसनलाई शहिद अम्बिका लुइटेल प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ट अधिवक्ता विष्णु लुइटेलले ५१ हजार १ सय ११ रुपैया सहयोग गरेका छन ।

पाँचथर जिल्ला अदालतका माननिय न्यायाधीस कुमार मास्केको उपस्थितिमा जिल्ला पाँचथर बार एशोसियसनका अध्यक्ष शान्तकुमार राईलाई सो रकम हस्तान्तरण गरिएको थियो । 

बार एशोसियनको भवन निर्माणका लागि वरिष्ट अधिवक्ता लुइटेलले सहयोग गरेका हुन। 

असाय, दिनदुखीहरुलाई निःशुल्क कानुनी सेवा प्रो वोनोदेखि विभिन्न संघ संस्थालाई आर्थिक सयोग प्रदान गर्दै आएका वरिष्ट अधिवक्ता लुईटेलले जिल्ला बारको भवन निर्माणमा सबैलाई सक्दो सहयोगको अपिल गर्दै सम्वन्धीत निकायहरुमा सहयोग जुटाउन पहल गर्ने बताए ।  

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update