झापामा जङ्गली हात्ती मृत फेला
झापा । कचनकवल गाउँपालिका–७ मा जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए। रासस
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२ ०९:१४
प्रतिक्रिया दिनुहोस्





