Khabar Out
गोठालो मार्ने बाघ खोज्न क्यामेरा जडान, हालसम्म फेला परेन

बाँके । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ सौरीमा मानिसलाई आक्रमण गरी ज्यान लिने बाघको खोजीका लागि क्यामेरा जडान गरेको छ । घटनास्थल वरपर पाँचवटा स्वचालित क्यामेरा राखेर अनुगमन गरिए पनि हालसम्म बाघ फेला नपरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघ सोही क्षेत्रमा रहने वा अन्यत्र गयो भन्नेबारे क्यामेराको सहायताले निगरानी भइरहेको छ । बाघ दुर्घटनास्थलमा नफर्किएकाले आफ्नो आहारा लिएर वा अन्य बाटो लागेको हुनसक्ने अनुमान गरिएको छ। गत शनिबार गाई चराउन गएका ६२ वर्षीय मरिचमान भण्डारीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

बाघले गाई मारेर खाइरहेको बेला भण्डारी नजिकै पुगेकाले आफ्नो आहारा जोगाउन बाघले अचानक आक्रमण गरेको हुनसक्ने निकुञ्जको प्रारम्भिक अनुमान छ। यो घटनापछि सौरी गाउँका बासिन्दा त्रसित बनेका छन् । निकुञ्जले स्थानीयलाई जंगल क्षेत्रमा जाँदा सावधानी अपनाउन र एक्लै नजान आग्रह गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update