पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए नागरिकताको प्रतिलिपि
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा नागरिकता लगायतका महत्त्वपूर्ण कागजात नष्ट भएका थिए। सोही कारण उनले आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रतिलिपि लिएका हुन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले खनाललाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको छ। आगजनीमा परेर नागरिकता र अन्य कागजात जलेपछि उनलाई दैनिक कामकाजमा समस्या परेको थियो। सरकारी प्रक्रिया पूरा गरेपछि उनले नयाँ नागरिकता प्राप्त गरेका हुन्।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ २०:५२
प्रतिक्रिया दिनुहोस्



