दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम
ताप्लेजुङ । नेत्रहीन सङ्घ ताप्लेजुङले दृष्टिविहीनलाई प्रविधिमा दक्ष बनाउन फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ ।
दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सङ्घका अध्यक्ष नरसिंह लिम्बूले बताए । तालिममा १० दृष्टिविहीन सहभागी छन् । तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्दै आएकी छिन् ।
सङ्घका अध्यक्ष लिम्बूका अनुसार, उक्त तालिम आगामी माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिमपछि दृष्टिविहीनलाई आधुनिक प्रविधिको पहुँच र प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२ ०९:०९
प्रतिक्रिया दिनुहोस्



