Khabar Out
महर्षि वैदिक फाउडेण्सनद्धारा विश्व ध्यान दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना 

काठमाडौँ । विश्व ध्यान दिवसको अवसरमा आज नेपाल महर्षि वैदिक फाउडेण्सनले विशेष कार्यक्रम गरेको छ । 

ब्रह्मानन्द सरस्वती ग्राम, दक्षिणकाली वडा १ मा आयोजित कार्यक्रमा पत्रकार, साहित्यकार, डाक्टर लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रा.डा.विद्यानाथ कोइराला, डा.चिन्तामणि योगी, पूर्व निवार्चन आयुक्त निलकण्ठ उप्रेती, निर्वतमान सांसद एल पि साँवा पूर्व सचिव भिम उपाध्याय लगायतको उपस्थिति रहेको सो कार्यक्रममा ध्यान शिक्षक माधव अर्यालले ध्यान किन र केका लागि आवश्यक छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।

त्यस्तै ध्यान कै विषयमा केन्द्रित रहेर देवि प्रसाद मिश्र र भोजराज भट्टले कविता वाचन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा उपस्थित प्रा.डा. विद्यानाथ कोइराला, भीम उपाध्याय, डा.चिन्तामणि योगी, निलकण्ठ उप्रेती र एल पि साँवाले ध्यानका विषय आफ्ना अनुभवहरु राखेका थिए । धन सम्पती सबै भएपनि शान्ति नहुने र शान्तिको बाटो भनेकै ध्यान रहेको वक्ताहरुको भनाई रहेको थियो । 
  
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको सभापति समेत रहनु भएका फाउडेण्सनका संस्थापक अध्यक्ष डा.दीपकप्रकाश बास्कोटाले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिदै ध्यान कै कारण युद्धले ग्रस्त मुलुक मोजाम्बिकमा शान्ति स्थापना भएको स्मरण गराउदै विश्वमा शान्ति फैलाउन नेपालले नेतृत्व गर्नु पर्ने र सोका लागि हरेक नेपालीले ध्यान गर्न जरुरी रहेको बताउनु भयो । ध्यानबाटै सुख शान्ति प्राप्त हुने भएकोले सबैलाई ध्यान योग गर्न आग्रह गर्दै विश्व शान्ति रुद्राभिषेक कार्यक्रमलाई निरन्तरता दिदै नेपालबाट विश्व शान्तिका लागि पुन: प्रारम्भ गरी निरन्तरता दिने पनि बताउनु भयो ।   


 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update