Khabar Out
सीमा विवादले कम्बोडियाकाे जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडाैँ । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा नागरिकको मृत्यु सङ्ख्या १९ पुगेको छ । यो विवादको १५औँ दिन हो ।

 

 

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् ।

सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति भएको छ ।

कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन् । 

रासस

 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update