हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी
काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् ।
गाजा युद्धविरामको अर्को चरणको लागि आउने कुनै पनि प्रस्तावले त्यो अधिकारलाई समर्थन गर्नुपर्ने उनले बताए ।
“प्रतिरोध र हमासका हतियारहरू अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको वैध अधिकार हो र यो प्यालेस्टाइन राज्यको स्थापनासँग जोडिएको छ,” अल–ह्याले हमास समूह निकट अल–अक्सा टेलिभिजन प्रसारण गरिएको सम्बोधनमा भने ।
प्यालेस्टाइन राज्यको स्थापनाको ग्यारेन्टी गर्दै यो अधिकारलाई संरक्षण गर्ने कुनै पनि प्रस्तावको अध्ययन गर्न खुला रहेकाे बताए।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्



