Khabar Out
गोरखाको रिपुम गुम्बामा आगालागी

गोरखा ।  गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए।

आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको छ ।  त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गर्थे र आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटिएको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए।

यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो हो। आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update