खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरूको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरूपमा सञ्चालनमा ल्याएका हुन् ।
प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश्वकर्माको नेतृत्वमा नौँ सदस्यीय समिति गठन गरिएको छ । ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवद्र्धन समिति’ नाम दिइएको उक्त समितिले भौतिक पूर्वाधार निर्माणका साथै प्रवद्र्धनको काम गरेको हो ।
किरात समुदायको महान चाड साकेला उँधौली/उँभौली तथा साउने सङ्क्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्तीसमेत निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सेभञ्ज्याङलाई प्रवद्र्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष पारस राईले बताए ।
बहुउद्देश्यीय पर्यटन पार्क (उद्यान) निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा यसअघि नेपाल सरकार पर्यटन मन्त्रालय र हाल कोशी प्रदेश सरकारबाट रु २०/२० लाख बजेट उपलब्ध गराएको थियो । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कपासेभञ्ज्याङमा खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माण लगायतमा लगानी गरेको छ ।
करिब तीन हजार रोपनी सार्वजनिक जग्गा रहेको उक्त ठाउँमा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्र खोटाङले समन्वय गर्नेगरी बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
सात वर्षअघिदेखि पर्यटन प्रव
खोटाङ। खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान् चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरूको मूर्ति राख्ने गरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।
प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश्वकर्माको नेतृत्वमा नौँ सदस्यीय समिति गठन गरिएको छ । ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवर्द्धन समिति’ नाम दिइएको उक्त समितिले भौतिक पूर्वाधार निर्माणका साथै प्रवर्द्धनको काम गरेको हो ।
किरात समुदायको महान् चाड साकेला उँधौली/उँभौली तथा साउने सङ्क्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्तीसमेत निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सेभञ्ज्याङलाई प्रवर्द्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष पारस राईले बताए ।
बहुउद्देश्यीय पर्यटन पार्क (उद्यान) निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा यसअघि नेपाल सरकार पर्यटन मन्त्रालय र हाल कोशी प्रदेश सरकारबाट रु २०/२० लाख बजेट उपलब्ध गराएको थियो । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कपासेभञ्ज्याङमा खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माण लगायतमा लगानी गरेको छ ।
करिब तीन हजार रोपनी सार्वजनिक जग्गा रहेको उक्त ठाउँमा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्र खोटाङले समन्वय गर्नेगरी बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
सात वर्षअघिदेखि पर्यटन प्रवर्द्धनको काम थालिएको कपासेभञ्ज्याङमा भोजपुरको टिटिएस सहकारी संस्थासँगको सहकार्यमा पन्ध्र हजार चियाको बिरुवासमेत रोपिएको छ । टिटिएस सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको चियाको बिरुवा स्थानीय बासिन्दाको सक्रियतामा पच्चीस रोपनी खाली जग्गामा लगाइएको हो ।
कपासेभञ्ज्याङलाई प्रमुख पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजनाका साथ आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत प्रवर्द्धन गर्ने काम भइरहेको गाउँपालिका प्रमुख मुक्तिले बताए । “कपासेभञ्ज्याङलाई बहुउद्देश्यीय क्षेत्रका रूपमा विकास गर्ने अवधारण बनाएका छौँ । स्थानीय तहको मात्रै लगानीले प्रयाप्त नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष समेत आवश्यक बजेटको माग गरिएको छ”, उनले भने, “कपासेभञ्ज्यालाई नेपाल सरकारले तोकेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग जोड्ने गरी योजना बनाएका छौँ । यसले गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोतसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणपूर्वी क्षेत्रमा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङको प्रवद्र्धनमा तीनवटै तहका सरकारले चासो देखाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । प्राकृतिक रूपले रमणीय कपासेभञ्ज्याङबाट उच्च हिमशृङ्खला, तराईका विभिन्न फाँट तथा खोटाङ र भोजपुरको सदरमुकामसमेत स्पष्ट देख्न सकिने स्थानीयवासी एवम् नेपाली कम्युनिस्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिए ।
गुराँस पार्कको नामले समेत चिनिने कपासेभञ्ज्याङमा बौद्ध धर्मालम्बीको चैत्यहरूसमेत रहेका छन् । वर्षेनी पूजाआजा गरिने तीनकन्या देविको थान तथा पोखरीसमेत रहेको उक्त पर्यटकीयस्थलका प्राकृतिक संरचनामा क्षति नपुर्याई स्तारेन्नति गर्ने काम भइरहेको पर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।
कपासेभञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि बृहत्तर विकास गर्न रु ९ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानको पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणमा करिब रु एक करोड २२ लाख लगानी भइसकेको गाउँपालिकाले जनाएको छ ।
द्र्धनको काम थालिएको कपासेभञ्ज्याङमा भोजपुरको टिटिएस सहकारी संस्थासँगको सहकार्यमा पन्ध्र हजार चियाको बिरुवासमेत रोपिएको छ । टिटिएस सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको चियाको बिरुवा स्थानीय बासिन्दाको सक्रियतामा पच्चीस रोपनी खाली जग्गामा लगाइएको हो ।
कपासेभञ्ज्याङलाई प्रमुख पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजनाका साथ आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत प्रवद्र्धन गर्ने काम भइरहेको गाउँपालिका प्रमुख मुक्तिले बताए । “कपासेभञ्ज्याङलाई बहुउद्देश्यीय क्षेत्रका रूपमा विकास गर्ने अवधारण बनाएका छौँ । स्थानीय तहको मात्रै लगानीले प्रयाप्त नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष समेत आवश्यक बजेटको माग गरिएको छ”, उनले भने, “कपासेभञ्ज्यालाई नेपाल सरकारले तोकेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग जोड्नेगरी योजना बनाएका छौँ । यसले गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोतसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणपूर्वी क्षेत्रमा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङको प्रवद्र्धनमा तीनवटै तहका सरकारले चासो देखाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । प्राकृतिक रूपले रमणीय कपासेभञ्ज्याङबाट उच्च हिमश्रृङ्खला, तराईका विभिन्न फाँट तथा खोटाङ र भोजपुरको सदरमुकामसमेत स्पष्ट देख्न सकिने स्थानीयवासी एवम् नेपाली कम्युनिष्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिए ।
गुराँस पार्कको नामले समेत चिनिने कपासेभञ्ज्याङमा बौद्ध धर्मालम्बीको चैत्यहरूसमेत रहेका छन् । वर्षेनी पूजाआजा गरिने तीनकन्या देविको थान तथा पोखरीसमेत रहेको उक्त पर्यटकीयस्थलका प्राकृतिक संरचनामा क्षति नपुर्याइ स्तारेन्नति गर्ने काम भइरहेको प्रर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।
कपासेभञ्ज्याङको पर्यटन प्रवद्र्धनका लागि बृहत्तर विकास गर्न रु ९ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानको पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणमा करिब रु एक करोड २२ लाख लगानी भइकेको गाउँपालिकाले जनाएको छ । रासस



