बेँसीसहर–चामे सडक सञ्चालनमा
लमजुङ । पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । मनाङको नासोँ गाउँपालिका वडा नम्बर १, तालडाँडामा शुक्रबार बिहान दुई वटा ठूला ढुङ्गासहित पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकमाथिदेखि करिब २० मिटर सडक ओगट्ने गरी सुक्खा पहिरोले गएको थियो । सडक खुलाएसँगै यात्रुहरू गन्तव्यमा जान थालेका छन् ।
यसअघि बिहीबारसमेत यस सडकखण्डको लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा सडक अवरुद्ध भएकामा रातिदेखि पुनः सञ्चालनमा आएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्



