कास्की र मनाङमा ३.७ म्याग्निच्युडको भूकम्प धक्का महसुस
काठमाडौं । कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आज विहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, यही कात्तिक २४ गते दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १०:१४
प्रतिक्रिया दिनुहोस्


