Khabar Out
गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा युवक पक्राउ

पोखरा । यही असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई कास्कीको पोखरा महानगरपालिका–७, राष्ट्र बैंक चोकमा बस्दै आएका २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

थापाले नेपाल राष्ट्र बैंकको पर्खालछेउमा रहेको एनआईएमबी बैंकको एटीएम मेसिनको स्क्रिनमा ढुंगा प्रहार गरी तोडफोड पनि गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update