दार्चुलामा अन्ठाउन्न कैदीबन्दी कारागार फर्किए

दार्चुला । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् । फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरिता चन्दले जानकारी दिइन् ।
फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए । रासस
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्