
काठमाडौं । पछिल्लो समयमा व्यवसायमा परिणत हुदै गएको घरभाडा व्यवसाय जस्तै फुटसल पनि व्यवसायमा परिणत हुदै गएको छ । रंगशालाहरुमा भन्दा पनि फुटसलमा सिमित हुदै गएको नेपाली फुटबललाई आधार बनाउदै व्यवसायीहरु विच फुटसल बनाउने प्रतिस्पर्दा नै चलेको छ ।
यतिबेला राम्रो आम्दानीको स्रोत बन्न पुगेको फुटसलले मनोमानी रकमसमेत लिदै आएको पाएको छ । हाल राजधानीमा फुटसल सयौंको संख्यामा रहेका छन । प्रति घण्टा १२ सयदेखि ३ हजारसम्म फुटसल व्यवसायीहरुले शुल्क लिदै आएका छन । ‘न विल दिनु पर्ने, न त आम्दानीको कर नै तिर्नु पर्ने’ एकदम आन्नदको व्यवसाय बन्न पुगेको फुटसललाई करको दायरा नल्याउदा फुटसल उपभोक्ता मारमा परेका छन ।
एकै दिनको तीन थरी शुल्क लिने गरेका फुटसल व्यवसायीले विहान एउटा शुल्क, दिउँसो अर्को शुल्क र साँझ पाँच बजेपछि अर्कै शुल्क तय गरी लिने गरेका छन । फुटसल मैदानको लम्बाइ ४० मिटर र चौडाइ २० मिटरको हुनु पर्ने भएतापनि अधिकांश २५ मिटर लम्बाइ र १६ मिटर चौडाइसम्मको फुटसल मैदान रहेका छन् । सरोकार निकायले चासो नदिदा मापदण्ड विपरितका फुटसल निर्माण भइरहेका छन । बास्केटबल ग्राउण्ड भन्दा सानो फुटसल बनाएर मूल्य भने प्रति घण्टा १२ सयदेखि ३ हजारसम्म अशुल्दै आएका अधिकांश फुटसल मापदण्ड विपरित रहेको बताइन्छ ।
करको दायरामा नआएको भन्दै ठेलगाडा, चोक चोकमा विक्रीवितरण हुने पानीपुरी, चटपटे लगायतका व्यपापार चोक गल्लीबाट हटाएको काठमाडौं महानगरले फुटसलको लुटमा भने महानगरका मेयर बालेन रहस्यमय रुपमा चुप रहेका छन ।