Khabar Out
जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा वडा नम्बर २ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो। हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान लिएको रानीपुरका स्थानीय बासिन्दा छलिलाल डगौंराले बताएका छन्। 

छलिलालले भने, ‘घरमा लक्ष्मी र उहाँका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो। मोहन भागेर ज्यान जोगाउन सफल भए ।’

घटनालगत्तै अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update