Khabar Out
स्याङ्जामा कुटपिटबाट युवकको मृत्यु

वालिङ । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले उनकाे कुटपिटका कारण जानकारी दिए । उनका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । 

प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेको चौधरीले जानकारी दिए ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update