Khabar Out
बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ ।

'पाँचधारे बजार पहिराको जोखिममा परेको छ,' वडाध्यक्ष माङ्गपाहाङ्गले भने, 'अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षा भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।' बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको उनले बताए ।

यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।रासस

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update