Khabar Out
पाँच महिनामै बालेन्द्र नेतृत्वको सरकार आफ्नै सांसदको घेराबन्दीमा

काठमाडौं । बालेन्द्रको नेतृत्वमा गठन भएको सरकार पाँच महिना नपुग्दै आफ्नै पार्टीभित्रबाट उठेका प्रश्न र असन्तुष्टिको सामना गर्न पुगेको छ । सरकारको कार्यशैली, निर्णय प्रक्रिया तथा नेतृत्वको भूमिकालाई लिएर पार्टीभित्रै आवाज उठ्न थालेपछि बालेन्द्र नेतृत्व दबाबमा परेको देखिएको छ ।

सरकारप्रति सांसद अमरेशकुमार सिंह, रास्वपाका महामन्त्री समेत रहेका विपिन आचार्य, त्यस्तै सांसद रमेश प्रसाई, रचना खतिवडा, आशिका तामाङ लगायत सरकारको कामकारवाही प्रति चर्को असन्तुष्टि जनाउदै आएका छन ।

सरकार गठन भएको छोटो अवधिमै आफ्नै दलका सांसद तथा नेताहरूबाट प्रश्न उठ्नुले बालेन्द्र नेतृत्वका लागि पार्टीभित्रको समन्वय र असन्तुष्टि व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ । विभिन्न नेता तथा सांसदहरूले सरकारको कामकारबाही र नेतृत्वको कार्यशैलीबारे आफ्ना धारणा सार्वजनिक गर्न थालेपछि सरकारमाथिको राजनीतिक दबाब थपिएको हो ।

पार्टीभित्रैबाट उठेका आवाजलाई नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय अहिले चासोको विषय बनेको छ । असन्तुष्ट पक्षसँग संवाद गरेर अघि बढ्ने वा विवाद थप चर्किने भन्ने कुराले सरकार र पार्टीको आगामी राजनीतिक यात्रामा प्रभाव पार्ने देखिन्छ ।

पाँच महिनामै देखिएको यो आन्तरिक दबाबले बालेन्द्र नेतृत्वको सरकारका अगाडि बाह्य राजनीतिक चुनौतीसँगै आफ्नै पार्टीभित्रको एकता र विश्वास कायम राख्ने चुनौतीसमेत थपिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update