Khabar Out
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको  नियन्त्रणमा

काठमाडौंको काठमाडौं महानगरपालिका ७ उमाकुण्डबाट आज (सोमबार) मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा रामेछापको सुनापति गाउँपालिका २ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सुनापति गाउँपालिका ३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङ रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०५३ प ३७ ८२ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५२ प ३६ ५७ राखि चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका ५ घर हाल काठमाडौँको नयाँवानेश्वर बस्ने राम बहादुर गौतमले काठमाडौँ महानगरपालिका ३१ प्रयागमार्गबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँवानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update