Khabar Out
दुई क्विन्टल भन्दा बढी गाँजासहित युवक पक्राउ

सिरहा । सिरहाको औरही गाउँपालिका–५, मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनलाई शुक्रबार (असार २८) राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

SRS AD

सूचना अधिकारी पासवानका अनुसार, मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सात पोकामा राखिएको २१२ किलो ९२५ ग्राम गाँजा फेला पारेको थियो ।

प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अरू केही व्यक्ति भने फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update