Khabar Out
सगरमाथा टेलिभिजन र सेतुबन्ध प्रतिष्ठाद्धारा सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता कार्यक्रम आयोजना

काठमाडौं । बुद्ध जयन्तीको अवसरमा सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा  आयोजित कार्यक्रम सम्पन्न भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्योमा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट व्यक्तित्वहरु बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताए ।

मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी कार्यक्रममा लेखक तथा राजनीतिक विशलेषक सिकेलाल, सिमाविज्ञ बुद्धि नारायण श्रेष्ठ, समाजसेवी पुनम श्रेष्ठ लगायतले बुद्धका बारेमा भनाई राखेका थिए । कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष तथा कार्यक्रमका सभापति निर्मल गुरुङले स्वागत मन्तव्य राख्दै बुद्धले दिएको मार्गदर्शनको अनुसरण गर्नुपर्ने बताए । 

कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सिकेलाल, पुनम श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठ लगायत विभिन्न सघ संस्थाका प्रतिनिधिलाई बुद्धको मुर्ति उपहार दिई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update