सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी धौबजी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौबजीलाई दिइएको छ ।
डीआईजी धौबजीलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यसअघिका प्रवक्ता डीआईजी कुमार न्यौपानेको बराह बाहिनी सुनसरीमा सरुवा भएको थियो । न्यौपानको ठाउँमा छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीबाट प्रहरी बल नेपालको प्रधान कार्यालय सरुवा भएर आएका डीआईजी धौबजीलाई जिम्मेवारी दिइएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय