Khabar Out
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
SRS AD

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । रासस 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update