Khabar Out
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
SRS AD

पर्सा । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ । 

सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताए । उनले भने, ‘पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्षित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’

कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुनेछन् ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update