Khabar Out
आईसीएफसी फाइनान्सको डीसीईओमा लक्ष्मण जैसी नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले कम्पनीमा नायब महाप्रबन्धकका रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर २ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो । 

वित्तीय क्षेत्रमा अनुभव र व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका जैसीको नियुक्तिले कम्पनीको संस्थागत व्यवस्थापन तथा व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update