बबई नदीमा १५ किलोमिटर तटबन्ध
दाङ । दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ ।
एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त नदीमा १५ किलोमिटर तटबन्ध हुँदा ४६८ हेक्टर खेतीयोग्य जमिन उकास गरिएको सूचना अधिकारी खुमानन्द वलीले बताए ।
हाल दङ्गीशरण–१ र ४ मा रु एक करोड २४ लाख ८४ हजार ६६८, तुलसीपुर–१४ मा रु दुई करोड ४७ लाख ३८ हजार ५९, दङ्गीशरण–१ मा रु ७४ लाख ८१ हजार ९४४, घोराही–८ मा रु ४५ लाख सात हजार ४१६ र दङ्गीशरण–१ रहरीपुरमा रु १४ लाख ९३ हजार ६२० का तटबन्ध तथा सिञ्चित क्षेत्र संरक्षण ठेक्काहरू सम्पन्न भएका सूचना अधिकारी वलीले बताए ।
साथै एकली खोला तुलसीपुर–२ मा रु ९६ लाख ६१ हजार ५८९ मा काम सम्पन्न भएको छ । तटबन्ध निर्माण हुँदा स्थानीयलाई सहज भएको छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३ ०९:२८
प्रतिक्रिया दिनुहोस्







