डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु
बनेपा । धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १६:४१
प्रतिक्रिया दिनुहोस्






