Khabar Out
सिटी सफारीको ठक्करबाट एक जनाकाे मृत्यु

झापा । झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्कर उहाँको निधन भएको मृत्यु भएको हो।

ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो।

घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update