Khabar Out
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदल यात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update