मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट छतिवन र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १३:५०
प्रतिक्रिया दिनुहोस्






