Khabar Out
सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update