Khabar Out
खाद्यान्न तथा औषधि बरामद

पर्सा ।  प्रहरीले करिब रु २० लाख ८१ हजार बराबरको खाद्यान्न तथा औषधि बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँ र छपकैयास्थित सडकबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो ।

बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update