चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
चीन । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार तथा राहत कार्य तत्कालै सुरु गरिएको थियो ।
घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । रासस
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३ १५:४०
प्रतिक्रिया दिनुहोस्





