इन्डोनेसियामा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, १३० बेपत्ता
नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ । पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यले सुरु गरिएको यो प्रक्रिया केवल औपचारिक सुझाव सङ्कलनमा सीमित नरहेर विद्यालय तहको वास्तविक अवस्था बुझ्ने प्रयासका रूपमा अघि बढेको छ ।
पाठ्यक्रम विकास केन्द्रअन्तर्गत गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, शिक्षाविद्, नीतिनिर्माता, स्थानीय तह तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरिरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३ २१:०५
प्रतिक्रिया दिनुहोस्






