हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १० र १४ वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो। घाइते बुबाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले उक्त आक्रमण दुई सङ्गठित आपराधिक गिरोहबीच जारी द्वन्द्वको परिणाम हुनसक्ने प्रारम्भिक आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ १६:२२
प्रतिक्रिया दिनुहोस्






