Khabar Out
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलर सहायता घोषणा

वाशिङ्टन डीसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ ।

विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update