Khabar Out
जापानको शिजुओकामा जहाजमा आगलागी : एक जनाको मृत्यु, ९ जना अस्पताल भर्ना

काठमाडाैँ। मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ९ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन्।

सरकारी मिडिया एनएचकेका अनुसार कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ।

प्रहरी र अग्नि अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरीएको प्रतिवेदनमा एकजना कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ९ जनालाई धुवाँको प्रभावलगायतका अन्य लक्षणहरू देखापरेपछि अस्पताल लगिएको जनाइएको छ।

अधिकारीहरूले घटनाको वरपरको परिस्थिति र आगलागीका कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update