Khabar Out
युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसको आपत्ति

काठमाडाैँ। युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यमार्फत जापानले रुसी नागरिकको हत्यामा सहयोग पुर्याएको आरोप लगाउँदै रुसी उपविदेशमन्त्री एन्ड्रे रुडेन्कोले शनिबार जापानी कदमको निन्दा गरेका छन्।

रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा रुडेन्कोले युक्रेनले रुसी भू–भागमा नागरिक लक्ष्यविरुद्ध व्यवस्थित आतङ्कवादी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै किएभसँग जापानको यस्तो सहकार्यलाई खुला रूपमा शत्रुतापूर्ण कार्यका रूपमा लिएको बताए।

“युक्रेनी ड्रोनले रुसी नागरिकलाई मारिरहेका छन् र टोकियोले उनीहरूलाई त्यसो गर्न सहयोग गरिरहेको छ,” उनले भने।

रुडेन्कोले रुस–युक्रेन द्वन्द्वमा जापानको बढ्दो सङ्लग्नताले यसअघि नै तनावपूर्ण अवस्थामा रहेको रुस–जापान सम्बन्धलाई थप कमजोर बनाइरहेको दाबी गरे। उनले जापानको युक्रेनसम्बन्धी नीतिले दुई देशबीचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चेतावनीसमेत दिए। रासस

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update